२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

‘राजागञ्ज’ फ्रान्सका ६२ हलमा एकसाथ प्रदर्शन

बिहिवार , श्रावण ८, २०८२

काठमाडौं । दीपक रौनियार निर्देशित फिल्म 'पूजा, सर' (राजागंज) फ्रान्सका ६२ वटा हलमा एकसाथ प्रदर्शनमा आएको छ ।

अन्तर्राष्ट्रिय फिल्मको केन्द्र मानिने फ्रान्समा पहिलो पटक यति ठूलो संख्यामा नेपाली फिल्म प्रदर्शन भएको हो । फ्रान्सेली वितरण कम्पनी एआरपी सेलेक्सनले यो फिल्मलाई त्यहाँ प्रदर्शन थालेको हो ।

वितरण कम्पनीकी मिशेल हेलबर्स्टडलेले फिल्मबारे भनेकी छिन्, ‘‘पूजा, सर’ एउटा यस्तो फिल्म हो जसले हामीलाई यसको रहस्य, संस्कृति र दृश्यमा सीधै लैजान्छ । यस अर्थमा, यो अप्रत्याशित र आकर्षक छ । हामी फ्रान्सका दर्शकलाई यो फिल्म प्रस्तुत गर्न पाउँदा खुसी छौँ ।’

यो फिल्ममा अभिनेत्री आशा मगराती, निकिता चण्डक, दयाहाङ राई, विजय बराल, आरती मण्डल, घनश्याम मिश्रा, रिचा शर्मा, गौमाया गुरूङलगायतको अभिनय छ । निर्माणमा आदि फिल्म्स, बाँसुरी फिल्म्स र नर्वेको ट्यानहाउजरको सहकार्य छ ।

यो फिल्मको वर्ल्ड प्रिमियर सन् २०२४ को भेनिस फिल्म फेस्टिभलमा भएको थियो । त्यसयता बुसान, सिड्नी, टालिन बाल्क नाईट्स, गोथेनबर्ग लगायतका महोत्सवमा प्रदर्शन भइसकेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ