काठमाडाैं । सर्वोच्च अदालतते बिस्केट जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ।
अधिवक्ता राजकुमार सुवालले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले जात्रा रोक्ने निर्णय कार्यान्वयन नगर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई आदेश दिएको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले कोरोना संक्रमण बढेको भन्दै जात्रा गर्न नदिने निर्णय गरेको थियो ।
उक्त निर्णयविरुद्ध मंगलबार परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले जात्रा सञ्चालन गर्न भनेको हो । जात्रा चैत २८ बाट सुरु हुनेछ ।