२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कागेश्वरी मनोहराका मेयर कार्कीले एकैदिन सञ्चालनमा ल्याए तीन वटा अत्याधुनिक ल्याब

शुक्रवार , श्रावण १६, २०८२

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले एकैदिन तीन वटा स्वास्थ्य चौकीमा अत्याधुनिक तथा गुणस्तरीय सेवासहितको ल्याब सञ्चालनमा ल्याएका छन् ।

मेयर कार्कीले नगरपालिकाको वडा नम्बर-२ स्थित आलापोट स्वास्थ्य चौकी, वडा नम्बर-५ को डाँछी स्वास्थ्य चौकी र वडा नम्बर-९ को गोठाटार स्वास्थ्य चौकीमा ल्याब सञ्चालनमा ल्याएका हुन् ।

स्वास्थ्य क्षेत्रमा उत्साहजनक काम गर्दै आएका कार्कीले 'सेरो ल्याब'सँगको सहकार्यमा एकै दिन तीनवटा अत्याधुनिक ल्याब सञ्चालनमा ल्याएका हुन् ।

नगरपालिकाद्वारा सञ्चालित कागेश्वरी मनहरा नगर अस्पतालको विस्तारित स्वास्थ्य सेवा अन्तर्गत ल्याब सेवा सञ्चालनमा ल्याइएको उनले बताए । उक्त ल्याब सेवा स्वास्थ्य बीमामा जोडिएका नागरिकले निशुल्क प्राप्त गर्न सक्नेछन् ।

ल्याब सेवा सञ्चालनसँगै अब नगरबासीहरु गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहबाट लाभान्वित हुने र निजी अस्पतालमा जानुपर्ने बाध्यता हट्ने नगरप्रमुख कार्कीले बताए । उनले भने, ‘स्वास्थ्य संस्थाहरुले दिने सेवा गुणस्तरीय तथा अत्याधुनिक, सुविधा सम्पन्न गराउन स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेका छौँ । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच टोलटोलमा पुर्याउन नगरपालिका प्रतिबद्ध रहेको छ ।’

यस्तै, कार्यक्रममा कागेश्वरी मनहरा नगर अस्पतालका कार्यकारी निर्देशक रामप्रसाद पौडेलले नगरबासीसहित स्थानीय बासिन्दाहरुलाई लक्षित गरी छिटो छरितो सेवा सुविधा दिनको लागि उच्च गुणस्तरीय उपकरण, दक्ष तथा अनुभवी कर्मचारीसहित ल्याब सञ्चालनमा ल्याइएको बताए।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार