२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सरकारको अनावश्यक हस्तक्षेपले स्वास्थ्य संस्थाहरू धरासयी बने : डा. कोइराला

शुक्रवार , श्रावण १६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको अनावश्यक हस्तक्षेपले स्वास्थ्य संस्थाहरु धरासयी बन्दै गएको बताएका छन् ।

स्वास्थ्य संस्थाहरुलाई स्वतन्त्र रुपले सेवा गर्न दिनुपर्ने कोइरालाको भनाइ थियो । बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका सन् २००० ब्याजका एमबीबीएस विद्यार्थीहरुले धरानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले नियमनको नाममा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले अस्पताल र स्वास्थ्य संस्थाहरुले भने जस्तो काम गर्न नसकेको बताए ।

बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति समेत रहेका कोइरालाले बिपी प्रतिष्ठानबाट पढेका डाक्टरहरु जहाँ-जहाँ पुगेपनि सबैले शिर उँचो राख्ने र गर्व गर्न लायक काम गरिरहेको बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट