२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

गायक कपिल कसपालको संस्कारी तीज गीत 'छमछम पाउजु खनखन चुरा' सार्वजनिक

बुधवार , श्रावण २१, २०८२

काठमाडौं । राग रागिनी इन्टरटेन्मेन्ट प्रा. लि.को ब्यानरमा तयार पारिएका तीन नयाँ गीत काठमाडौंमा सार्वजनिक गरिएको छ।

तीजको रौनक, देशभक्ति भावना र नारी सशक्तिकरण झल्काउने गीतहरूको शव्द गायक तथा गीतकार कपिल कसपालले लेखेका हुन्। छमछम पाउजु खनखन चुरा गीतमा आवाज टुना थापा र कपिल कसपालको रहेको छ भने सङीत बिबि अनुरागीको रहेको छ।

गीतको भिडियोको निर्देशन गम्भीर बिष्टले गरेका छन् भने गीतमा कोरियोग्राफी पुनम श्रेष्ठको रहेको छ। गीतमा मोडलको रूपमा गायक कपिल र गयिका टुना थापाले नै नृत्यमा रमाइलो ठुम्का लगाएका छन्।

गीत राग रागिनी इन्टरटेन्मेन्ट युट्युब मा हेर्न सकिनेछ।

औपचारिक कार्यक्रमको सभापती राग रागिनी इन्टरटेन्मेन्टका कार्यकरी अध्यक्ष कपिल कसपालले गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थ मन्त्री तथा गीतकार एस. पि . कोइराला थिए। कार्यक्रमका विशेष अतिथि वरिष्ठ सङीतकार तथा प्राध्यापक दिपक जङम थिए।

कार्यक्रममा वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ संगीतकार किरण कंडेल, गायक भिम तुलाधर, सुनिल उप्रेती, बुद्धवीर लामा, गोपाल कर्माचार्य लगायतका व्यक्तित्व सहित सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

`नेपाल को छोरा´ तथा `नेपाल को छोरी ´ गीतलाई पनि सार्बजनिक गरिएको थियो। यी दुई गीत लाई भने केही दिनपछी युटुबमा सार्बजनिक गरिने जानकारी गराइएको थियो। नेपालको छोरा गीतमा शब्द तथा स्वर कपिल कसपालको रहेको छ भने सङीत बरिस्ठ सङीतकार भुपेन्द्र रायामाझी को रहेको छ।

नेपालको छोरी गीतमा आवाज टुना थापा,शब्द कपिल कसपाल तथा सङीत भुपेन्द्र रायामाझी को रहेको छ। भिडियोको निर्देशन निशान एस के ले गरेका हुन्। उक्त गीत राग रागिनी इन्टरटेन्मेन्ट युट्युबमा केही दिन पछी हेर्न सकिनेछ।

https://youtu.be/MBrWxhn-PKY

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ