२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सिद्धार्थनगरको आयोजनामा तीज गीत प्रतियोगिता, विजेताले पाउनेछन् नगद पुरस्कार

बिहिवार , श्रावण २२, २०८२

रूपन्देही। सिद्धार्थनगर नगरपालिकाले हरितालिका तीजको अवसरमा परम्परागत 'तीज गीत' प्रतियोगिता आयोजना गर्ने भएको छ।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि भदौ ३ गते भैरहवाको युनिक बैक्वेट हलमा कार्यक्रम हुने जनाइएको छ। सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको संयोजकत्वमा हुने तीज गीत प्रतियोगितामा महिला अधिकार र सशक्तिकरणलाई केन्द्रमा राखेर १० वटा समूहले आफ्नै मौलिक भाकामा तीज गीत प्रस्तुत गर्नेछन्।

प्रत्येक समूहमा महिला, कर्मचारी, आमा समूह र समुदायका महिला समूहका १० जना सहभागी हुनेछन्। गीत १० मिनेटको हुनुपर्ने र मौलिक रूपमा तयार गरिएको हुनुपर्ने नियम छ। मौलिक भाका, शब्द चयन, विषय उठानका आधारमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद प्रदान गरिनेछ आयोजकले बताएको छ।

प्रतियोगिताले महिलाहरूको सशक्तीकरण र सांस्कृतिक संरक्षणमा योगदान पुर्‍याउनेछ।ू स्थानीय संस्कृतिलाई जीवन्त राख्न र महिला आवाजलाई प्रोत्साहन गर्न यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा सहित कार्यक्रम आयोजना गर्न लागेको उप प्रमुख अधिकारीले बताइन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ