२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

भदौ महिनाका लागि थप घट्यो ब्याजदर, कुन बैंकको कति ?

आइतवार , भाद्र १, २०८२

काठमाडौं । भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर थप घटेको छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा साउनको तुलनामा भदौमा ब्याजदर घटेको हो।

साउन महिनाको तुलनामा भदौमा ब्याजदर ०.११ प्रतिशत विन्दुले घटेर ५.६८ प्रतिशतबाट ५.५७ प्रतिशतमा पुगेको छ ।

साउनको तुलनामा भदौमा ८ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरूमा कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा र नेपाल एसबीआई रहेका छन् ।

त्यस्तै सिटिजन्स, एनएमबी, नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन, प्राइम कमर्सियल, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य, नबिल, एनआईसी एसिया, माछापुच्छ्रे र नेपाल बैंकले साउनमै कायम दरलाई निरन्तरता दिएका छन् । प्रभु बैंकले भने भदौ महिनामा ब्याजदर बढाएको छ ।

छोटो अवधिका मुद्दती निक्षेपमा कम र लामो अवधिका लागि बढी ब्याजदर तोक्ने परम्परा वाणिज्य बैंकहरूको छ । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घट्दा बचतकर्ताको आम्दानी घट्ने भए पनि कर्जा लिने ग्राहकले भने केही राहत पाउने देखिन्छ ।

यसअघि नै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दर घटाउँदै बैंकहरूलाई ब्याजदर तल झार्न दबाब दिएको थियो । हाल नीतिगत दर ४.५ प्रतिशत, स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत कायम छ ।

असार महिनामा भएको उच्च पूँजीगत खर्चका कारण निक्षेप बढे पनि कर्जा प्रवाह सुस्त रहँदा बैंकहरूले भदौ महिनामा पनि ब्याजदर घटाएका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट