२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

टप एन्ड टी२० सिरिज : नेपाल र मेलबर्न रेनेगेड्सबीच प्रतिस्पर्धा हुँदै

बुधवार , भाद्र ४, २०८२

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले बुधबार आफ्नो पाँचौ खेल खेल्दैछ। नेपाली समयअनुसार बुधबार बिहान ११:१५ बजे नेपालले अस्ट्रेलियाको मेलबर्न रेनेगेड्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल हालसम्म खेलेका चारमध्ये तीन खेलमा पराजित हुँदा एक जित निकालेको छ । नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेश ए सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।

मंगलबार भएको चौथो खेलमा भने नेपाल होबार्टविरुद्ध ६६ रनले विजयी भएको थियो । नेपालले जितको लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

११ टिममध्ये अंक तालिकाको नवौं स्थानमा रहेको नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब छ। तीन खेल मात्र खेलेको मेलबर्नले एक हार र दुई जित निकाल्दै चार अंक बनाएको छ।

अंक तालिकामा मेलबर्न पाँचौ स्थानमा छ। नेपालले यो सिरिजको अन्तिम खेलमा शुक्रबार पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्नेछ।

नेपाली टिम

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट