२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ललितपुरमा 'कोशा' को नयाँ आउटलेट, जुटका सामग्री विश्व बजारमा पुर्याउने लक्ष्य

बुधवार , भाद्र ४, २०८२

काठमाडौं । जुटका सामग्री नेपालमा उत्पादन गरेर विश्व बजारमा पुर्याउने उद्धेश्यसहित आरके गोल्छा समूहअन्तर्गतको ब्रान्ड 'कोशा'ले ललितपुरको पुल्चोकमा आफ्नो नयाँ आउटलेट भव्य रुपमा शुभारम्भ गरेको छ।

वातावरणमैत्री गिफ्टिङ्ग विकल्पको रुपमा समेत प्रयोग गर्न मिल्ने कोशाका विविध सामग्री रहेको आउटलेटलाई ललितपुरका मेयर चिरिबाबु महर्जनले उद्घाटन गरेका हुन्। विराटनगरमा करिब ४ हजार जना कामदारबाट परम्परागत कला र आधुनिक डिजाइनको मिश्रणमा कोशाले आफ्ना उत्पादनहरु तयार गर्दै आएको छ ।

आउटलेट उद्घाटनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मेयर महर्जनले ललितपुर महानगरपालिकामा प्लास्टिकको झोला ब्याण्ड गर्न लागिएको बताए । उनले अब प्लाष्टिकको राम्रो बिकल्पको रुपमा कोशाको उत्पादन रहने जानकारी दिए ।

उनले भने, 'तीसको दशकमा नेपालबाट निर्यात हुने जुट र जुटबाट बनेका सामग्रीलाई प्रवर्द्धन गर्न ललितपुर महानगरपालिका कोशा ग्रुपसँग सहकार्य गर्न तयार छ । ललितपुर महानगरपालिका एउटा हस्तकला नगरी हो । यसको निमित्त हामी उहाँहरुसँग कुन क्षेत्रमा कसरी काम गर्न सकिन्छ, तयार छौँ ।’ उनले ललितपुर महानगरपालिकाभित्र ७७ हजार घर भएको भन्दै प्रत्येक घरमा एउटा झोला वितरण गर्ने पनि बताए ।

त्यस्तै, आर के गोल्छा ग्रुपका प्रबन्ध निर्देशक राजकुमार गोल्छाले आफ्ना हजुरबुबाले नेपालमा आएर पहिलो व्यापार नै जुटको गरेको हुनाले आफूले पनि यसैलाई प्रथामिकता दिएको बताए । उनले भने ‘मेरो हजुरबुबाले नेपालमा आएर गरेको पहिलो विजनेश नै जुट हो । अहिले हामीले विभिन्न ह्याण्डिक्राफ्टहरुका सामान देखि अन्य सामग्री बनाईरहेका छौँ । एउटै छानामुनि आज ४ हजारभन्दा धेरै कामदारले काम गर्ने गरेका छन् । यसमा विराटनगर देखि नै काम भइरहेको छ ।’

त्यसै गरी कोशाकी सञ्चालिका तथा परिकल्पनाकार कोमल गोल्छाले पछिल्लो समयमा यस्ता प्रोडक्टको माग अत्याधिक देखिएको र वातावरण मैत्री समेत रहेकोले आफूहरुले आकर्षक ह्यान्डब्याग, रग्स, कार्पेट र टेबल म्याट जस्ता सामग्रीलाई परम्परागत कला र आधुनिक डिजाइनको मिश्रणमा तयार पारेको जानकारी दिइन्।

कोशाले व्यक्तिगत प्रयोगदेखि व्यवसायिक आवश्यकतासम्मका लागि वातावरणमैत्री र उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउने जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ