काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र मोरङ जिल्ला विराटनगर वडा नं. १० स्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिबीच विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
अस्पतालले प्रदान गर्ने विविध स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धि सम्झौता सम्पन्न भएको छ । सो, सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडका कर्मचारीहरु र ग्राहकलाई अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरुको बिल रकममा ५ प्रतिशत देखि ५० प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको छ ।
भदौ २ गते भएको उक्त सम्झौताको पत्रमा बैंकको तर्फबाट कोशी प्रादेशिक कार्यालय प्रमुख सुर्यप्रकाश भट्ट र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलको तर्फबाट अस्पतालका निर्देशक राजेश भट्टराइले हस्ताक्षर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस