२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

७ करोड २८ लाखभन्दा बढीको उपकरण खरिद गर्दै राष्ट्रिय वाणिज्य बैंक, दुई कम्पनी छनोट

आइतवार , भाद्र ८, २०८२

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ७ करोड २८ लाख ७८ हजार ९४२ रुपैयाँ बराबरको नेटवर्क र सुरक्षा सम्बन्धी उपकरण खरिद गर्ने भएको छ । जसमा नेटवर्क एण्ड रिलेटेड इक्विपमेन्ट फायर वाल तथा राउटर, स्वीचहरु र कोर फायर वाल खरिद रहेका छन् ।

नेटवर्क तथा सुरक्षा उपकरणको खरिद, आपूर्ति तथा सञ्चालनका लागि बैंकले विभिन्न दुई वटा कम्पनीलाई छनोट गरेको छ । बैंकका अनुसार फायर वाल तथा राउटर र कोर फायर वाल खरिद, आपूर्ति तथा सञ्चालनका लागि डिजिटल नेटवर्क सोलुसन प्रालिलाई छनोट गरेको छ भने स्वीचहरुका लागि ग्रन्थ नेटवर्क्स प्रालिलाई छनोट गरेको छ ।

बैंकका अनुसार उक्त सामानहरू खरिदका लागि ७ वटा बोलपत्र परेका थिए । तीमध्ये डिजिटल नेटवर्क र ग्रन्थ नेटवर्क्सको न्यूनतम् मूल्याङ्कन भएकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ ९२० बमोजिम छनोट गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ