२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाल बैंक र माउन्टेन भिस्टा रिट्रिटबीच सम्झौता

मंगलवार , भाद्र १०, २०८२

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र माउन्टेन भिस्टा रिट्रिट प्रा.लि.बीच सम्झौता भएको छ ।

नेपाल बैंक मा कार्यरत कर्मचारीहरु, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका ०२, स्थित रहेको रिसोर्ट माउन्टेन भिस्टा रिट्रिट प्रा.लि. ले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई माउन्टेन भिस्टा रिट्रिट प्रा.लि. ले प्रदान गर्ने रिसोर्टका विविध सेवाहरुमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा मिति २०८२ साल भदौ ०९ गते बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र माउन्टेन भिस्टा रिट्रिट प्रा.लि. को तर्फबाट बिक्रि निर्देशक प्रदिप शर्मा पौडेलले हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ