२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

डिशहोमका सक्रिय ग्राहकलाई चन्द्रागिरि केबलकार टिकटमा १० प्रतिशत छुट

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । डिशहोमले चन्द्रागिरि हिल्ससँग साझेदारी गरेको घोषणा गरेको छ । आफ्नो भर्चुअल प्रिभिलेज कार्डमार्फत नेपालकै प्रमुख पर्यटन गन्तव्य चन्द्रागिरि हिल्ससँग साझेदारी गरेको हो । यस साझेदारीमार्फत सक्रिय डिशहोम ग्राहकहरूले अब चन्द्रागिरि केबलकार टिकटमा १० प्रतिशत छुट पाउनेछन् ।

काठमाडौं उपत्यकाको सुन्दर दृश्य, ऐतिहासिक महत्त्व र प्राकृतिक सौन्दर्यका कारण प्रसिद्ध चन्द्रागिरि हिल्स काठमाडौं उपत्यकाबाट छिटो पुग्ने प्रमुख पर्यटन गन्तव्य हो । यस साझेदारीले डिशहोमका ग्राहकहरूले छुटसहित चन्द्रागिरि हिल्सको अनुभव लिन सक्ने अवसर प्रदान गर्दछ ।

छुट लिनका लागि माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्नुपर्नेछ । दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लग–इन गर्नुपर्नेछ । होम पेज वा प्रोफाइल सेक्सनबाट भर्चुअल प्रिभिलेज कार्ड खोल्नुपर्नेछ । चन्द्रागिरि हिल्सको केबलकार टिकट किन्ने बेला कार्ड देखाएर छुट प्राप्त गर्न सक्नेछन् ।

यस साझेदारीलाई औपचारिकता दिने क्रममा चन्द्रागिरि हिल्सका सेल्स एन्ड मार्केटिङ प्रमुख प्रभाकर खड्का डिशहोमका चिफ, न्यु प्रोडक्ट डेभ्लपमेन्ट एन्ड इन्टिग्रेसन अफिसर सबिन महर्जनबीच एमओयूमा हस्ताक्षर गरिएको छ।

“यो साझेदारीले हाम्रो ग्राहकहरूलाई केवल डिजिटल कनेक्सन मात्र नभई, नेपालका उत्कृष्ट पर्यटन अनुभवमा पनि छुटसहित पहुँच प्रदान गर्नेछ,” डिशहोमका सीईओ तारा मानन्धरले बताए ।

डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड ग्राहकहरूलाई डाइनिङ, आतिथ्य, यात्रा, मनोरञ्जन र लाइफस्टाइल क्षेत्रमा विशेष छुट र सुविधा प्रदान गर्नका लागि सुरु गरिएको हो । कम्पनीले आगामी महिनाहरूमा अझ धेरै शीर्ष ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ