२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अब फोनपे नेटवर्कमा अलिपे प्लस उपलब्ध, यस्ता छन् सुविधा

आइतवार , भाद्र १५, २०८२

काठमाडौं । नेपालको अग्रणी पेमेन्ट सिस्टम अपरेटर ‍फोनपेले अलिपे प्लस (अलिपे प्लस) सँग साझेदारी गरेको छ। योसँगै फोनपेले आफ्नो इन्टेरोपेराबल क्यूआर नेटवर्कमार्फत अन्तरदेशीय भुक्तानी स्वीकृत गर्न सक्षम भएको छ।

यसले नेपालको डिजिटल रूपान्तरण र अन्तरदेशीय व्यापार–व्यवसायतर्फको यात्रामा नयाँ अध्याय थपेको कम्पनीले जनाएको छ।

बिहीबार काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममार्फत यो साझेदारी गरिएको हो। कार्यक्रममा‍ नेपाल राष्ट्र बैंक, अलिपे प्लसका प्रतिनिधि, नेपाल पर्यटन बोर्ड, बैंक तथा वित्तीय संस्थानका प्रतिनिधिहरू, टुर अपरेटर तथा गाइडहरू, प्रमुख सञ्चारगृह तथा व्यावसायिक समुदायका व्यक्तित्वहरू उपस्थित थिए।

यो साझेदारीसँगै अब चीन, दक्षिण कोरिया, मलेसिया, सिंगापुर, फिलिपिन्स, थाइल्यान्ड, जर्मनी, इटाली लगायतका ११ भन्दा बढी देशका अन्तर्राष्ट्रिय पर्यटकहरूले आफ्ना देशका ई–वालेटहरू, जस्तै अलिपे, काकाओपे, जीक्यास, टच एन्ड गो, अलिपेएचके, ट्रुमनी, टिनाबा— प्रयोग गरी नेपालमा सजिलै क्युआरमार्फत भुक्तानी गर्न सक्नेछन्।

अब यी भुक्तानी सुविधा नेपालभरका १७ लाखभन्दा बढी फोनपे क्युआर भएका व्यवसायहरूमा उपलब्ध हुनेछ। यसले पर्यटकहरूलाई नगद बोकेर हिँड्नुपर्ने वा मनी एक्सचेन्जको ठाउँ खोज्नुपर्ने झन्झटबाट मुक्त गर्दै सहज, सुरक्षित र सुविधाजनक अनुभव दिने कम्पनीले जनाएको छ।

कार्यक्रममा एन्ट इन्टरनेसनलका दक्षिण–पूर्वी एसिया, दक्षिण एसिया र एएनजेड क्षेत्रका जनरल म्यानेजर एडवर्ड युएले नेपालको डिजिटल भुक्तानी र पर्यटन उन्नतिमा योगदान गर्न पाएकोमा गर्व लागेको बताए।

'अलिपे प्लसले नेपालको बढ्दो डिजिटल पूर्वाधारलाई थप सुदृढ बनाउँदै, भुक्तानी प्रणालीलाई आर्थिक अवसर, सांस्कृतिक सम्बन्ध र पर्यटन समृद्धिको माध्यम बनाउन सक्छ, जसले स्थानीय व्यवसायी र अन्तर्राष्ट्रिय उपभोक्ता दुवैलाई फाइदा पुर्‍याउनेछ,' उनले भने।

त्यस्तै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले अलिपे प्लस र फोनपे नेटवर्कको एकीकरणले विश्वव्यापी इन्टेरोपेराबिलिटी र वित्तीय समावेशनतर्फ ठूलो कदम चालेको बताए।

'यस साझेदारीले नेपाल भ्रमण गर्ने अन्तर्राष्ट्रिय यात्रुहरूलाई सजिलो बनाउने मात्र होइन, हाम्रो व्यवसायीलाई थप उपभोक्तासम्म पहुँच दिलाउनेछ, त्यो पनि कुनै अतिरिक्त जटिलता बिना,' उनले भने।

फोनेपे र अलिपे प्लसबीचको यो सहकार्यले नेपाल र एसिया–प्रशान्त क्षेत्रबीचको सांस्कृतिक र आर्थिक सम्बन्ध अझ मजबुत बनाउने पनि कम्पनीले बताएको छ।

त्यस्तै बढ्दो पर्यटन र व्यापारसँगै, नेपालमा अलिपे प्लस भुक्तानीको स्वीकृतिले यात्रु अनुभव सहज बनाउन, व्यवसायी आम्दानी बढाउन र अन्तरदेशीय सम्पर्क सबल बनाउन सहयोग पुर्‍याउने कम्पनीको भनाइ छ।

'यो पहलले नेपाललाई सुरक्षित अन्तरदेशीय भुक्तानीमा सक्षम बनाउँदै पर्यटन पुनर्जीवनमा मद्दत गर्नेछ। साना तथा मझौला व्यवसायहरूलाई सहयोग गर्नेछ। विदेशी आम्दानी वृद्धि गर्नेछ र समग्र अर्थतन्त्रलाई सबल बनाउनेछ। यात्रा, व्यापार र सांस्कृतिक आदान–प्रदानको केन्द्रका रूपमा नेपाललाई स्थापित गर्ने यो कदम डिजिटल भुक्तानीमार्फत लचिलोपन र आधुनिकीकरणतर्फ अग्रसर हुनेछ,' कम्पनीले भनेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ