२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

आइतवार , भाद्र १५, २०८२

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले भदौ ११ गतेदेखि निष्काशनमा ल्याएको आईपीओमा आवेदन दिने आज (भदौ १५ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ भने सर्वसाधारणका लागि जारी गरिएको आईपीओ भर्ने आज अन्तिम दिन हो ।

कम्पनीले २ अर्ब ८३ करोड रुपैयाँ जारी पुँजीको २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको हो । जसमध्ये ५ लाख ६६ हजार कित्ता स्थानीय बासिन्दाका लागि, ५ लाख २९ हजार ४०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि, १ लाख ५८ हजार ८२० कित्ता कर्मचारीहरूका लागि र २ लाख ६४ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएका सेयर बाँडफाँट गरिसकेको छ ।

अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ करोड ४१ लाख ८ हजार रुपैयाँबराबरको ४३ लाख ४१ हजार ८० कित्ता शेयर निष्काशन गरेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ