काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना योजना सार्वजनिक गरेको छ ।
ग्राहकहरुसँग पर्वको खुशी साट्न लगातार ९ हप्तासम्म चल्ने गरी 'यो दशैँ तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख' उपहार योजना घोषणा गरेको छ । उक्त कार्यक्रममा चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको उपस्थिती रहेको थियो ।
सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक हप्ता १ जनालाई रु १ लाख र हरेक दिन सबैलाई सिटी पेबाट क्यास ब्याक पाउने योजनामा रहेको छ ।
कम्पनीका अनुसार यस “यो दशैं तिहारमा सिटी एक्सप्रेसको साथ , हरेक हप्ता १ लाख” अफर भाद्र १६ देखी कार्तिक १५ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू हुने छैन ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १९ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पेबाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस