काठमाडौं । दशैँको खुशी भावना मनाउन विश्वभरको अग्रणी कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आफ्नो विशेष अफर “दशैँको Mood, सबै Good” सार्वजनिक गरेको छ ।
जसमा टिभी र होम अप्लायन्समा आकर्षक मूल्य अफर रहेकाे छ। यो सीमित समयको अफर भदौ २५ देखि असोज २४, २०८२ (सेप्टेम्बर १०–अक्टोबर १०, २०२५) सम्म लागू हुने कम्पनीले जनाएकाे छ। अफरअन्तर्गत ग्राहकले इन्स्टन्ट क्यासब्याक र उपहार पाउनेछन् । साथै, नेपालका अधिकृत खुद्रा साझेदारमार्फत सजिलो अपग्रेड/एक्सचेन्ज सुविधा पनि उपलब्ध छ।
यस दशैँ, परिवारसँग घरमै ठूलो पर्दा र राम्रो ध्वनिको रमाइलो लिनुहोस्। सामसङका विश्व नम्बर १ टिभी—Neo QLED, QLED, FHD र HD टिभीहरुमा ३५ प्रतिशतसम्म इन्स्टन्ट क्यासब्याक दिइनेछ । छानिएका ७५ इन्च र ८५ इन्च QLED मोडेलमा साउन्डबार समेत दिइने भएकाले होम थियटर अनुभव अझै पूर्ण हुने सामसङ जनाएकाे छ। ग्राहकले T, A, B, C, D र F सिरिजका योग्य टिभीमा ३ वर्षको फुल वारन्टी पाउनुका साथै निःशुल्क प्रोफेशनल इन्स्टलेसन पनि उपलब्ध छ ।
सामसङका सिङ्गल–डोर, डबल–डोर र साइड–बाइ–साइड रेफ्रिजरेटरमा १९ प्रतिशतसम्म इन्स्टन्ट क्यासब्याक पाइन्छ । ग्राहकले छानिएका ७०० लिटर साइड–बाइ–साइड मोडेल किन्दा माइक्रोवेभ ओभनको उपहार पनि पाउनेछन् ।
लुगा धुने कामलाई छिटो र स्मार्ट बनाउन खोजेका घरपरिवारहरूले सामसङका टप–लोड र फ्रन्ट–लोड वाशिङ मेसिनमा २४ प्रतिशतसम्म इन्स्टन्ट क्यासब्याक प्राप्त गर्नेछ । उत्सव सफाईको थप सजिलोका लागि, खरिदसँगै विशेष डिटरजेण्ट उपहार पनि पाइने छ ।
योग्य टप–लोड (७ केजीभन्दा माथि) वा ९ केजी फ्रन्ट–लोड किन्दा सर्फ एक्सेल म्याटिक १ केजी, र ८ केजीभन्दा माथिका फ्रन्ट–लोड मोडेलमा सर्फ एक्सेल म्याटिक ६ केजी रेफ्रिजरेटर र वाशिङ मेसिनमा DIT मा २० वर्षको वारन्टी रहेकाे छ । सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस