२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पठाओ दशैँ महोत्सव : तीन जनालाई मोटरसाइकल जित्ने अवसर, नयाँ राइडर दर्ता नि:शुल्क

मंगलवार , भाद्र १७, २०८२

काठमाडौँ । पठाओ नेपालले विगत वर्षझैँ यसपटक पनि “पठाओ दशैँ महोत्सव–२०८२” सुरु गरेको छ।

भाद्र १७ गतेदेखि असोज ६ गतेसम्म सञ्चालन हुने यस विशेष अभियानमा चालक, क्याप्टेन, पठाओ हिरो र पार्सल हिरोलाई बढी आम्दानी र आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गरिने कम्पनीले जनाएको छ।

हाल काठमाडौँ उपत्यकामा सीमित गरी ल्याइएको महोत्सवलाई सहभागिताको स्तर हेरेर भविष्यमा विस्तार गर्ने तयारी रहेको छ।

महोत्सव अवधिभर चालकहरूले दैनिक १ प्रतिशतसम्म कमिसन छुट पाउनेछन्। जसअनुसार बढी राइड वा डेलिभरी गर्नेहरूले क्रमशः कमिसन दर घटाउँदै लैजाने र अन्ततः १ प्रतिशतसम्म छुटमा पुग्ने व्यवस्था गरिएको छ।

महोत्सवको अन्त्यमा आयोजना हुने लक्की ड्रमार्फत धेरै राइड वा डेलिभरी गर्ने सहभागीहरूमध्ये तीन जनाले टी भी एस रेडियन एफ आई मोटरसाइकल जित्ने अवसर पाउनेछन्।

यसका लागि सहभागिहरूले कम्तीमा २१ दिनभित्र १७० राइडरडेलिभरी पूरा गर्नुपर्ने छ । त्यस्तै, न्यूनतम ७० प्रतिशत सक्सेस रेट कायम गर्नुपर्ने छ । दशैँ महोत्सव अवधिभर पठाओमा नयाँ राइडर बन्न इच्छुक सहभागीहरूले निःशुल्क दर्ता गर्न सक्ने सुविधा पाउनेछन्।

पठाओ नेपालका अनुसार दशैँ महोत्सव रोजगारीमा सशक्तीकरण, मेहनतको सम्मान र चालकहरूको आम्दानीमा नयाँ स्तर थप्ने उद्देश्यसहित अघि सारिएको हो।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ