२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सीजीनेटको साथ उपहार हातैहात : यस दशैँमा इन्टरनेटसँगै उपहार

मंगलवार , भाद्र १७, २०८२

काठमाडौं । इन्टरनेट सेवा प्रदायक सीजीनेटले यस वर्षको चाडपर्वलाई विशेष बनाउन आफ्ना नयाँ तथा नवीकरण गर्ने ग्राहकहरूका लागि आकर्षक दशैँ योजना सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत, प्रत्येक प्याकेजको नवीकरण गर्दा वा नयाँ प्याकेज किन्दा ग्राहकहरूले निश्चय उपहार पाउनेछन्। ग्राहकहरूले आफ्नो रोजाइअनुसार निम्न उपहारहरू लिन सक्ने कम्पनीले जनाएको छ ।

मिक्सर ग्राइन्डर: २५० मेगाबिट प्रतिसेकेन्ड र ३५० मेगाबिट प्रतिसेकेन्डको प्याकेजका साथै १ महिना इन्टरनेट निःशुल्क।

टोस्टर : १५० मेगाबिट प्रतिसेकेन्डको प्याकेजमा, साथै १ महिना इन्टरनेट निःशुल्क।

अतिरिक्त इन्टरनेट बोनस : १५०/२५०/३५० मेगाबिट प्रतिसेकेन्डको प्याकेजमा अधिकतम ३ महिनासम्म।

यो अफर भदौ १५ गतेदेखि कार्तिक ३० गतेसम्म सीमित समयका लागि लागू हुनेछ।

सीजीनेटले सधैँ आफ्ना ग्राहकलाई किफायती मूल्यमा द्रुतगति इन्टरनेटसँगै थप मूल्यवर्धन गर्ने प्रयास गर्दै आएको छ। यस चाडपर्वमा उपहारसहितको इन्टरनेट अफरले ग्राहकहरूलाई अझै लाभान्वित बनाउने कम्पनीको विश्वास छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ