२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

संयुक्त ऊर्जा लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । संयुक्त ऊर्जा लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सर्वसाधारणका लागि जारी गरिने रु.१०० अंकित दरका ४१,६०,००० कित्ताले हुन आउने रु.४१,६०,००,००० रकम बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र संयुक्त उर्जा लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक गोपाल प्रसाद निउरेले हस्ताक्षर गरेका छन् ।

संयुक्त ऊर्जा लिमिटेडले म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकामा रहेको २१.३ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत् आयोजना निर्माण कार्य सम्पन्न भई व्यापारिक उत्पादन शुरु भइसकेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ