logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • थप गरिएको निषेधाज्ञामा सवारी पास सम्बन्धी यस्तो व्यवस्था 

    थप गरिएको निषेधाज्ञामा सवारी पास सम्बन्धी यस्तो व्यवस्था 

    2.8K
    Shares

    काठमाडाैं । बुधबारदेखि लागू हुने गरी काठमाडाैं उपत्यकामा थप एक साता निषेधाज्ञा जारी गरिएकाे छ । उक्त निषेधाज्ञाकाे समयमा उपत्यकाका तीन जिल्ला प्रशाशनले थप कडा गर्ने बताएपछि सवारी पास सम्बन्धमा नागरिकमा अन्याेलता देखिएकाे थियाे । 

    जसमा मृत्यु संस्कार, बिरामी तथा बिरामी कुरुवा लगायतका अन्य अत्यावश्यक प्रयोजनका लागि जारी गर्ने सहजीकरण/सवारी पासका सम्बन्धमा काठमाडाैं जिल्ला प्रशाशनले स्पष्ट पारेकाे छ ।

    प्रशासनले सुरक्षा गार्डहरुले परिचय पत्र र पोशाक लगाएर ड्युटीमा आवात-जावत गर्न पाउने बताएको छ । विवाह व्रतवन्धजस्ता संस्कारमा १५ जनासम्म व्यक्ति र २ वटा सवारी साधन प्रयोग गरी ब्यानरका आधारमा जिल्लाभित्र वा अन्तर जिल्लामा आवत जावत गर्न पाउने व्यवस्था गरिएको छ ।

    मृत्यु संस्कारका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिन पेश गर्नु पर्ने कागजातको हकमा मृत्यु संस्कारका लागि जानु पर्ने वा फर्किनु पर्ने अवस्थामा मृत्युदर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिस, परिचय खुल्ने कागजातको प्रतिलिपीसहित निवेदन पेश गर्न भनेको छ ।

    काठमाडौं भित्रका बिरामी तथा कुरुवाहरुले अस्पतालको भर्ना कार्ड वा रिपोर्ट कार्डका आधारमा आवात-जावत गर्न पाउनेछन् । परिवारका सदस्य वा आफन्त बिरामी भएर काठमाडौं बाहिर जानु परेकाे खण्डमा भने बिरामीको रिपोर्ट कार्ड/भर्ना कार्ड, परिचय खुल्ने कागजातको प्रतिलिपीसहित निवेदन पेश गर्न भनिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend