२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

डा. सुनिल शर्माको मानवीय पहल, जेनजी प्रदर्शनमा घाइते भएकालाई केएमसीमा निःशुल्क उपचार

आइतवार , भाद्र २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा घाइते भएका युवाहरूलाई काठमाडौं मेडिकल कलेज (केएमसी) मा निःशुल्क उपचारको व्यवस्था गरी उनीहरूलाई बुकी फूल दिँदै मनोबल बढाएका छन्।

आइतबार केएमसीका प्रशासन प्रमुख नारायण प्रसाद दाहाल नेतृत्वको टोलीलाई निर्देशन दिँदै डा शर्माले उक्त कार्य गरेका हुन्। केएमसीमा जम्मा ८१ जना घाइते आएका मध्ये २ जनाको मृत्यु भएको छ भने २२ जनाको उपचार हाल पनि भइरहेको छ। बाँकी घाइतेहरू उपचारपछि डिस्चार्ज भइसकेका छन्।

प्रतिनिधि सभा विघटन भइसके पनि सांसदको पदमा नरहेकाले तलब–भत्ता नलिने एक मात्र सांसद डा शर्माले सामाजिक र मानवीय जिम्मेवारी निर्वाह गर्दै घाइतेहरूको उपचारमा निरन्तर सहयोग गरिरहेका छन्।

जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई निःशुल्क उपचार गराउने व्यवस्था समेत डा शर्माकै पहलमा भएको हो। राजनीतिक र सामाजिक अस्थिरताको अवस्थामा पनि डा शर्माको यो कदमले घाइते परिवारलाई राहत र आशा दिएको छ।

उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। उनले पार्टी वा पहिचानका आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।

सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म डा शर्माले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचार गराउने कार्य निरन्तर चलिरहेको छ।

हालै मोरङको बेलबारीमा उनले एम्बुलेन्स हस्तान्तरण गरेका छन् भने निजी पहलमा देशका सात विभिन्न स्थानमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्। उनका यस्ता मानवीय कार्यहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई थप बलियो बनाइदिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ