२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एससीटीले ल्यायो ‘एससीटीसँग स्मार्ट उत्सव’ अफर, बिगमार्टमा एससीटी युनियनपे कार्डबाट भुक्तानी गर्दा १०% छुट

आइतवार , आश्विन ५, २०८२

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले नेपालमा १२० भन्दा बढी शाखा रहेको चेन स्टोर बिगमार्टमा यहि घटस्थापनादेखि छठसम्म Smart Celebrations by SCT अफर सुरु गर्दैछ ।

यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा यहि असोज ६ गते देखि कार्तिक १० गतेसम्म SCT-UnionPay कार्डबाट भुक्तानी गर्दा एकपटकमा १०%, अधिकतम रु १०० हुने गरीे छुट प्राप्त गर्नेछन् । यसको लागी भुक्तानी गर्न SCT-UnionPay कार्ड प्रयोग गरी POS मेसिन मार्फतनै भुक्तानी गर्नु पर्नेछ । यो अफर घटस्थापना देखि छठसम्म बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ ।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT-UnionPay कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । SCT-UnionPay कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर SCT-UnionPay कार्ड माग गरी कार्ड प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ