काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशभर २ हजार ३१६ जना घाइते भएका छन् ।
२४ गतेको आन्दोलनका क्रममा भड्किएको हिंसामा परी धेरै शख्त घाइते भए । विशेष गरी काठमाडौंमा प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएकाहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भयो । अझै पनि कतिको उपचार जारी नै छ भने कतिपय डिस्चार्ज भइसकेका छन् । उक्त दिन घाइतेहरुको उपचार व्यवस्थापना कसरी भयो त ? भन्ने प्रश्नमा ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले यस्तो बताएका छन् :

"२३ गते घाइतेहरु आउँदै हुनुहुन्छ भनेर प्रहरीबाट हामीले सूचना पाइसकेपछि हामीले तत्काल 'डिजास्टर स्टेज' घोषणा गर्यौँ । हामीले सम्पूर्ण टिममा अब तयार रहनोस् भन्ने म्यासेज दिइसकेपछि निरन्तर हुने कामहरुलाई होल्ड गर्यौँ । हामीले तत्काल इमरजेन्सी खाली गर्यौँ । इमरजेन्सीमा रहेका डिस्चार्ज गर्न मिल्ने बिरामीहरुलाई घर पठायौँ र नमिल्ने बिरामीहरु मध्ये कसैलाई वाडमा पठायौँ भने कसैलाई वीर अस्पिटल सिफ्ट गर्यौँ । तत्काल भएको घटनाबारे ओपिडीमा आएका बिरामीलाई जानकारी गराएर घर पठायौँ र त्यस स्थानमा म्याट्रेस राखेर ग्रिन जोन बनायौँ । सामान्य घाइतेहरुलाई त्यहीँ राखेर उपचार गर्ने र सिरियस घाइतेलाई इमरजेन्सीमा पठाउने प्रबन्ध मिलायौँ ।
सुरुको दुई घण्टा भित्र नै ७० देखि ८० जना घाइतेहरु आइसक्नुभएको थियो । त्यस अवधिमा एनेस्थेसियाका डाक्टरहरुलगायत सबै आइसक्नुभएको थियो । दुई घण्टा भित्र मेजर वटी सबै चालु भए । जसले गर्दा हामीले धेरै घाइतेहरुलाई बचाउन सक्यौँ । त्यो दिनको रातमा २४ वटा मेजर सर्जरी भए । त्यतिखेर ड्युटी चेन्ज गर्ने अवस्था थिएन । सबै कर्मचारीले डबल ड्युटीदेखि ३६ घण्टासम्मको ड्युटी गर्नुभयो ...।"
बाँकी भिडियोमा -
प्रतिक्रिया दिनुहोस