२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सुपर कृषक एपद्वारा किसानहरूका लागि ‘कृर्षि इन्टेलिजेन्स’ नामक नयाँ एआई सुविधा

शुक्रवार , आश्विन १०, २०८२

काठमाडौं । किसानहरूलाई नवीनतम प्रविधिमार्फत सशक्त बनाउने उद्देश्यले सुपर कृषक एपले आज आफ्नो प्लेटफर्ममा ‘सुपर कृषक कृषि इन्टेलिजेन्स’ नामक एक कृत्रिम बौद्धिकता (एआई) आधारित नयाँ सुविधा सार्वजनिक गरेको छ।

यो सुविधाले किसानहरूले सामना गरिरहेका कृर्षि परामर्श सम्बन्धी चुनौतीहरूलाई सहज बनाउँदै उनीहरूलाई तत्काल र भरपर्दो जानकारीमा पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ।

नेपाली किसानहरूले परम्परागत रूपमा बालीनालीमा देखिने समस्या, मौसमको जानकारी, वा बजार मूल्य जस्ता विषयमा परामर्श लिन कृषि कार्यालय वा प्राविधिक विज्ञहरूमा निर्भर रहनुपर्ने अवस्था थियो।

समयमा सही जानकारी पाउन कठिन हुँदा यसले किसानको निर्णय प्रक्रिया र उत्पादकत्वमा असर पार्दै आएको थियो। विगतमा ‘जेटियो कहाँ गयो त्यहीँ भेटियो’ भन्ने भनाइले किसान र प्राविधिकको निकटतालाई जनाए तापनि अहिले कृषि प्राविधिक किसानको खेतमा बिरलै भेटिन्छन्।

वर्तमान समयमा सूचना प्रविधिको विकासको प्रयोग गरी परामर्शको पहुँचलाई अझ सहज र व्यापक बनाउन सुपर कृषकले यो नयाँ सुविधा किसानको समस्या समाधानका लागि ल्याएको हो।

‘कृर्षि इन्टेलिजेन्स’ सुपर कृषक एपभित्र रहेको एक च्याट–आधारित प्रणाली हो, जहाँ किसानहरूले आफ्नो कृर्षि सम्बन्धी कुनै पनि प्रश्न सरल नेपाली वा अन्य भाषामा सोध्न सक्छन्। यस प्रणालीले किसानका प्रश्नहरूलाई तत्काल विश्लेषण गरी निम्न विषयहरूमा सटिक जानकारी र सल्लाह प्रदान गर्दछ ।

– बालीमा लाग्ने रोग तथा किराहरूको पहिचान र व्यवस्थापन विधिहरू।

– मौसमको वर्तमान अवस्था र आगामी दिनको पूर्वानुमान र कृर्षि गतिविधिको कार्यतालिका।

– स्थानीय तथा प्रमुख बजारहरूमा कृर्षि उपजको दैनिक मूल्य।

– बालीको उत्पादन लागत विश्लेषण र बजारीकरणका लागि उपयुक्त समय बारे परामर्श।

– खेती प्रणाली र आधुनिक कृर्षि अभ्यासहरू बारे जानकारी।

– आवश्यक मल, जलको मात्रा र समय बारे जानकारी ।

अझ प्रभावकारी र व्यक्तिगत परामर्शका लागि, प्रयोगकर्ताहरूले एपको ‘कृर्षि चिना’मा आफ्नो जग्गाको विवरण, लगाएको बाली र मिति अद्यावधिक गर्न सक्नेछन्, जसले गर्दा एआई प्रणालीले उनीहरूको अवस्था अनुसार विशेष सल्लाह उपलब्ध गराउन सक्छ।

सुपर कृषक एपको लक्ष्य प्रविधिको उपयोग गरी किसानहरूलाई सही समयमा सही जानकारी उपलब्ध गराएर उहाँहरूको निर्णय प्रक्रियालाई सुदृढ पार्नु रहेको छ। ‘कृर्षि इन्टेलिजेन्स’ ले किसान र कृर्षि विज्ञ बीचको सूचनाको दूरीलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ । यसले किसानहरूलाई आत्मनिर्भर बनाउन र कृषि उत्पादनलाई थप व्यावसायिक बनाउन मद्दत पुर्याउनेछ।

यो नयाँ सुविधा सुपर कृर्षक एपको पछिल्लो संस्करणमा उपलब्ध छ र सबै प्रयोगकर्ताहरूले एप अपडेट गरी यसको लाभ लिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ