२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अन्तर्राष्ट्रिय महिला टी–२० शृङ्खला : मलेसियासँग नेपाल ३ रनले पराजित

बिहिवार , आश्विन १६, २०८२

काठमाडौं । नेपाल महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा मलेसियासँग ३ रनले पराजित भएको छ ।

मलेसियाको क्वाआलालम्पुरमा भएको सिरिजमा मलेसियाले जीतका लागि १०५ रनको लक्ष्य प्रस्तुत गर्दा नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १०१ बनाएको थियो ।

नेपालका लागि पुजा महतोले सर्वाधिक ३० बनाइन् भने सम्झना खड्काले १८ र कविता जोशीले १३ बनाइन् ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ४ रन बनाएको थियो । मलेसियाको लागि कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २७ रन बनाइन् भने ओपनर ऐना हमिजा हसिमाले २६ रन बनाइन् ।

नेपाली महिला टोलीले आगामी जनवरीमा आयोजना हुने टी–२० विश्वकपको ग्लोबल छनोट खेल्ने छ । सोही प्रतियोगिताको तयारीस्वरुप नेपाल अहिले मलेसियामा प्रतिस्पर्धा गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट