२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ओमानमा नेपालको लगातार जित, कतारलाई १६ रनले हरायो

सोमवार , आश्विन २०, २०८२

काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२६ को एसिया छनोटअघि नेपालले लगातार जित निकालेको छ । नेपालले खेलेका दुवै अभ्यास खेलमा जित निकालेको हो ।

सोमबार नेपालले कतारलाई १६ रनले पराजित गर्‍यो । शनिबार भएको पहिलो अभ्यास खेलमा नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले हराएको थियो ।

सोमबार नेपालले कतारलाई १७१ रनको लक्ष्य दिएको थियो । जसमा कतारले ६ विकेटको क्षतिमा १५४ रन मात्र बनायो ।

ओमानमा दोस्रो अभ्यास खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १७० रन बनाएको थियो । नेपालका लागि आक्रामक ब्याटिङ गरेका ओपनिङ ब्याटर कुशल भुर्तेलले ३३ बलमा ५ चौका र ३ छक्का सहित ५६ रन बनाए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट