२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विराटनगर किङ्ग्सद्वारा ‘ड्रिम टू प्ले’ क्रिकेट प्रतियोगिता घोषणा, नयाँ खेलाडीका लागि अवसर

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । विराटनगर किङ्ग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा उदयीमान खेलाडीहरूको प्रतिभा प्रदर्शनका लागि “ड्रिम टू प्ल टुनामेन्ट” क्रिकेट प्रतियोगिताको घोषणा गरेको छ।

कोशी प्रदेशका पाँच जिल्लाहरू झापा, मोरङ्ग, सुनसरी, उदयपुर र इलामका अण्डर–२३ टोलीहरू सहभागी हुने यस प्रतियोगिता टि–ट्वान्टी फर्म्याटमा खेलाइनेछ।

प्रतियोगिता असोज २५ देखि ३० गतेसम्म झापास्थित मेची बहुमुखी क्याम्पसको खेलमैदानमा आयोजना हुनेछ। प्रतियोगितामा प्रत्येक दिन दुईवटा खेल हुने आयोजकले जनाएको छ ।

विराटनगर किङ्ग्सका निर्देशक दिपेन्द्र चौधरीका अनुसार, यस प्रतियोगिताको उद्देश्य युवा खेलाडीहरूलाई आफ्नो क्रिकेट प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नु र व्यावसायिक खेल जीवनतर्फको यात्रा प्रारम्भ गर्न मञ्च तयार गर्नु हो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विराटनगर किङ्ग्सको डेभलपमेन्ट स्क्वाडमा चयन गरिनेछ।

चौधरीका अनुसार, डेभलपमेन्ट स्क्वाडमा चयन भएका खेलाडीहरूले किंग्स टिमसँगै अभ्यास, कौशल विकास तथा व्यावसायिक प्रशिक्षणका अवसर प्राप्त गर्ने छन्। साथै, तीमध्ये एक उत्कृष्ट खेलाडीले आगामी नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सको मुख्य स्क्वाडमा खेल्ने विशेष अवसर पाउनेछन्।

नेपालको राष्ट्रिय टिमले पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय क्रिकेट परिषदका प्रतियोगिताहरूमा हासिल गरेको सफलतासँगै देशभर क्रिकेटप्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ।

विश्वका प्रतिष्ठित फ्रेन्चाइज लिगहरूमा नेपालको प्रतिनिधित्व गरिसकेका राष्ट्रिय खेलाडी सन्दिप लामिछाने मार्की खेलाडी रहेको विराटनगर किङ्ग्सले सधैँ युवा प्रतिभाको विकास र खेल भावनाको प्रवर्द्धनमा अग्रसर रहने प्रतिबद्धता जनाएको छ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट