काठमाडौं । आइसिसी मेन्स टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले जापानविरूद्ध टस जितेको छ ।
ओमान क्रिकेट एकेडेमीमा सवा चार बजे हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो।
एक खेल अगावै दुवै देश ‘सुपर सिक्स’मा प्रवेश गरिसकेकाले यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ । यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ।
खेलमा नेपालले कुनै परिवर्तन गरेको छैन। नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहिकुमार पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललितनारायण राजवंशी रहेका छन् । यही टिमले कुवेतविरूद्धको अघिल्लो खेल खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस