काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचकमा अघिल्लो दिनको तुलनामा ७८.८३ अंकको गिरावट आएको हो ।
कारोबारमा आएका सबै उपसमूहले बजार घटाएका हुन्। ९ कम्पनीको मूल्य बढ्दा २४२ को घट्यो । होटल तथा पर्यटन उपसमूहको सूचक सर्वाधिक ४.८४ प्रतिशतले ओरालो लागेको छ। त्यस्तै, अन्य उपसमूहको सूचक ४.७९ प्रतिशतले घटेको छ।
नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै ६.०१ प्रतिशत बढेको छ। बजारमा ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
नेपाल रिइन्स्योरेन्सको सबैभन्दा धेरै ३८ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ। त्यस्तै, एनएलजी इन्स्योरेन्सको ३७ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यद्यपि, कारोबार रकम भने बढेको छ । अघिल्लो दिन बिहीबार ५ अर्ब २७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७० करोडको कारोबार भयो ।
प्रतिक्रिया दिनुहोस