२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

टी–२० विश्वकप छनोट : नेपालले दियो युएईलाई १४१ रनको लक्ष्य

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले आज सुपर–६ को महत्वपूर्ण खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई जितका लागि १४१ रनको लक्ष्य दिएको छ ।

ओमानमा जारी खेलका टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनायो ।

ओमानको अल अमरात क्रिकेट ग्राउन्ड ओमान क्रिकेट (मिनिस्ट्री टर्फ १) मा भएको खेलमा नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५१ रन बनाए । उनले ४७ बलमा ४ चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै, कुशल भुर्तेल २८, कप्तान रोहित पौडेल २०, कुशल मल्ल १० रन बनाए ।

बलिङमा युएईका जुनैद सिद्दिकी, मोहम्मद रोहिद, जहिद अली, हर्षित कौशिक, हैदर अली र ध्रुव पराशरले एकएक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट