काठमाडौं । नेपालले यूएईविरुद्ध रोमाञ्चक जित दर्ता गरेको छ । दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट प्रदर्सनमा नेपालले यूएईविरुद्ध रोमाञ्चक जित निकालेको हो ।
यससँगै ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ ।
नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको युएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनायो । यूएईका लागि अलिशान सराफूले अर्धशतकीय पारी खेलेपनि पर्याप्त हुन सकेन । उनले ५८ रन बनाए । ध्रुव पराशरले ३८ रन बनाए ।
युएईविरुद्ध दीपेन्द्रले उत्कृष्ट बलिङ गर्दै नेपाललाई जित दिलाए । नेपालका लागि दीपेन्द्रले ३ विकेट लिए । सन्दीप लामिछाने, सोमपाल कामी र गुल्शन झाले ११ विकेट लिए ।
यसअघि ओमानको अल अमरात क्रिकेट ग्राउन्ड ओमान क्रिकेट (मिनिस्ट्री टर्फ १) मा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनायो ।
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५१ रन बनाए । उनले ४७ बलमा ४ चौका र एक छक्का प्रहार गरे ।
त्यस्तै, कुशल भुर्तेल २८, कप्तान रोहित पौडेल २०, कुशल मल्ल १० रन बनाए ।
बलिङमा युएईका जुनैद सिद्दिकी, मोहम्मद रोहिद, जहिद अली, हर्षित कौशिक, हैदर अली र ध्रुव पराशरले एकएक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस