२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नयाँ ग्यालेक्सी स्मार्टफोनमा आकर्षक मल्टी-बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा ५३ प्रतिशत सम्मको छुट

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । सामसङ नेपालले आफ्नो ग्राहकहरूका लागि नयाँ ग्यालेक्सी स्मार्टफोनहरू खरिद गर्दा लागू हुने आफ्नो विशेष अफर सार्वजनिक गरेको छ।

सीमित अवधिको लागि उपलब्ध यो अफर अन्तर्गत, ग्राहकहरूले चुनित ग्यालेक्सी वाच८ सिरिज र बड्स३ लाइनअप जस्ता ग्यालेक्सी वेरेबलहरु खरिद गर्दा विशेष छुट पाउनेछन्।

सामसङको नयाँ फ्ल्यागशिप, ए-सिरिज वा एम-सिरिजका स्मार्टफोनहरू खरिद गर्दा, चुनित ग्यालेक्सी वाच र बड्समा विशेष ५३ प्रतिशत सम्मको छुट प्राप्त गर्न सकिनेछ। यो विशेष मल्टिबाइ अफर ले प्रयोगकर्ताहरूलाई आफ्नो फोनलाई ग्यालेक्सी वाच८ क्लासिक वा बड्स३ जस्ता उपकरणहरूसँग जडान गरेर पूर्ण ग्यालेक्सी अनुभव प्राप्त गर्न सक्षम बनाउँछ। यी उपकरणहरू रक्तचाप (BP) र ECG जस्ता उन्नत स्वास्थ्य ट्र्याकिङ, सहज कनेक्टिभिटी, र Galaxy AI द्वारा सञ्चालित उत्कृष्ट अडियो अनुभव प्रदान गर्नका लागि डिजाइन गरिएका छन्।

MX सामसङ नेपालका निर्देशक श्री प्रणय रत्न स्थापितले भने "सामसङमा, हाम्रो लक्ष्य सधैं एक कनेक्टेड इकोसिस्टम सिर्जना गर्नु रहेको छ जसले दैनिक जीवनलाई सरल र समृद्ध बनाउँछ।

यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध छ र नेपालभरका अधिकांश सामसङ अधिकृत स्टोरहरूमा मान्य छ। साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले ०% ब्याजदरमा सहज इएमआई योजनाबाट नयाँ डिभाइसहरू प्राप्त गर्न सक्नेछन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ