२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

टी–२० विश्वकप छनोट: सुपर सिक्समा नेपाल र ओमान आमनेसामने, विजेता टी–२० विश्वकपमा

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । नेपालले आज आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स चरणमा ओमानसँग सामना गर्दैछ। अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा खेल नेपाली समयअनुसार बेलुका ८;४५ बजे सुरु हुनेछ।

यो खेल दुवै टोलीका लागि विश्वकप प्रवेशको निर्णायक अवसर बनेको छ। सुपर सिक्समा अपराजित रहेका नेपाल र ओमानमध्ये आजको विजेता टोली सीधा विश्वकपका लागि छनोट हुनेछ। नेपालले यसअघि आइतबार यूएईलाई र सोमबार कतारलाई पराजित गरेको थियो। ओमानले पनि कतार र यूएईलाई लगातार हराउँदै अग्रयात्रा कायम राखेको छ।

वार्मअप खेलमा नेपालले ओमानमाथि ६ विकेटको जित निकालेको थियो। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोली अहिलेसम्म आठ पटक आमनेसामने भएका छन्। त्यसमध्ये नेपालले पाँच खेल जितेको छ भने ओमानले एक सुपर ओभरसहित तीन खेल आफ्नो पक्षमा पारेको छ।

नेपालले शुक्रबार सामोआसँग अर्को प्रतियोगिता खेल्ने तालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट