२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनआईसी एशिया बैंकका ग्राहकलाई रुपन्देहीमा रहेको एशियन बुद्ध होटलमा १५ प्रतिशत छुट

बुधवार , आश्विन २९, २०८२

काठमाडाैं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई एशियन बुद्ध होटलमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले सिद्धार्थनगर, रुपन्देहीमा रहेको उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले उक्त होटलमा कुनै पनि सेवा लिई डिजिटल भुक्तानी गर्दा उक्त छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त होटलसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा प्राप्त हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ