काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत एसिया एन्ड इएपी छनोटको सुपर-६ को अन्तिम खेलमा नेपालले समाओलाई २१२ रनको विशाल लक्ष्य दिएको छ।
ओमान क्रिकेट एकेडेमीमा समोआले टस जितेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४ विकेटको क्षतिमा २११ रन बनायो।
नेपालका दुई खेलाडीले अर्धशतक प्रहार गरे । आसिफ शेख ४१ बलमा ६९ र दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रनको योगदान दिए । कुशल भुर्तेल १७ र आरिफ शेख ९ रनमा आउट भए । कप्तान रोहित पौडेल १२ बलमा २१ र लोकेश बम १२ बलमा ३९ रनमा अविजित रहे ।
खेलका लागि अघिल्ला खेलहरूमा मौका नपाएका खेलाडीलाई स्थान दिइएको छ। यसअघि एक खेल पनि खेलेका आरिफ शेखसँग आज करण केसी खेल्दैछन्। यस्तै ललित राजवंशी टोलीमा फर्किदा लोकेश बमले दोस्रो खेलमा मौका पाएका छन्।
सोमपाल कामी, कुशल मल्ल, सन्दीप जोरा र आदिल अन्सारी आजको टोली छैनन्।
प्रतिक्रिया दिनुहोस