२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

औषधि नपाएको बिरामीको गुनासोपछि स्वास्थ्यमन्त्री पाठक अस्पताललाई थाहै नदिई अनुगमनमा

शनिवार , कार्तिक १, २०८२

बागलुङ । धौलागिरि प्रादेशिक अस्पतालमा बिरामीले औषधि नपाएको गुनासो आएपछि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक आज पोखराबाट अस्पताल प्रशासनलाई थाहै नदिई अनुगमनमा पुगेका छन्।

बिहीबार स्वास्थ्य बिमामा आबद्ध थाइराइड, उच्च रक्तचाप र सुगरजस्ता रोगका बिरामीले नियमित सेवन गर्ने औषधि नपाएको समाचार सार्वजनिक भएको थियो।

सुटुक्क फार्मेसीमा पुगेका मन्त्री पाठकले प्रदेश सरकारले औषधि खरिदका लागि पैसा पठाइसकेकाले किन खरिद नगरिएको भन्दै प्रमुख मेडिकल सुपरिटेन्डेन्ट र फार्मेसी इन्चार्जलाई प्रश्न गरे।

बिरामीहरूले प्रयोगशाला र फार्मेसीमा काम गर्ने अधिकांश कर्मचारीको अस्पताल बाहिर आफ्नै फार्मेसी र प्रयोगशाला रहेकाले मिलेमतोमा समस्या सिर्जना गरिएको गुनासो गरेपछि मन्त्री पाठकले अस्पतालमा काम गरेर बाहिर निजी पसल चलाउनेलाई कारबाही गर्ने चेतावनी दिए।

मन्त्री पाठकले अस्पतालले तुरुन्तै औषधिको आपूर्ति व्यवस्था मिलाउन निर्देशन दिँदै मन्त्रालयले दोहोरो फाइदा लिने कर्मचारीलाई अस्पताल वा निजी फार्मेसी रोज्न निर्देशन दिने बताए। उनले अस्पतालमा जागिर गरेर निजी स्वार्थका लागि बिरामीलाई औषधि नदिएर बाहिर पठाउने कुरा गलत भएको बताए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ