२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विराटनगर किङ्समा अष्ट्रेलियाका अलराउण्डर स्याम हिजलेट अनुबन्ध

आइतवार , कार्तिक २, २०८२

काठमाडौं । विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सीजनका लागि अष्ट्रेलियाका अलराउण्डर स्याम हिजलेटलाई अनुबन्ध गरेको छ।

स्याम हिजलेटले अष्ट्रेलियाको यू–१९ टिमबाट १ अन्तर्राष्ट्रिय एकदिवसीय खेलेका छन्। उनले अष्ट्रेलियाको बिग ब्यासमा ब्रिसबेन हिटर र होबर्ट हुरिकेंसबाट पनि खेलेका छन्।

स्याम हिजलेटले खेलहरुमा उत्कृष्ट स्ट्राइक रेट साथ प्रदर्शन गर्दै आएका छन्। उनिसँग ५० भन्दा बढी बिगब्यास लीग म्याच खेलेको अनुभव छ।

उनको आगमनले विराटनगर किङ्सको मध्यक्रम थप बलियो हुने विश्वास लिइएको छ। उनको अनुभव, सुझबुझ, ब्याटिङ शैली र खेल बुझ्ने क्षमताबाट टोलीमा नयाँ ऊर्जा र आत्मविश्वासगुणस्तर थपिने अपेक्षा विराटनगर किङ्सले गरेको छ।

विराटनगर किङ्सले यसअघि स्कटल्याण्डका ब्याट ओपनर जोर्ज मुन्सीलाई पनि टिममा आवद्ध गरिसकेको छ। टिमले सुन्तुलित संयोजनका साथ आगामी सीजन उपाधि जित्ने लक्ष्यसहित तयारी तिव्र गतिमा अगाडी बढाएको छ ।

विराटनगर किङ्सको बारेमाः

विराटनगर किङ्स नेपाल प्रिमियर लिगमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रेन्चाइज टिम हो।

टोलीको उद्देश्य स्थानीय प्रतिभालाई उजागर गर्नु, खेल भावना प्रवर्द्धन गर्नु र फ्यान तथा समुदायसँग गहिरो सम्बन्ध स्थापना गर्दै कोशी प्रदेशको गौरव बढाउनु हो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट