२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

तिहारमा पनि आरटीजीएस प्रणाली सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

सोमवार , कार्तिक ३, २०८२

काठमाडौं । तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालनमा आउने भएको छ ।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरी यही कात्तिक ३, ४, ५ र ७ गते सार्वजनिक विदाका दिनमा सो प्रणाली सञ्चालनमा रहने जनाएको हो । भाइटीकाको दिन भने सो प्रणाली बन्द हुनेछ । उक्त प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालनमा रहने नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जनाएको छ ।

केन्द्रीय बैंकले यसअघि नै भन्सार जाँचपास गर्ने प्रयोजनका लागि आवश्यक बैंकिङ प्रणाली सञ्चालनमा ल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ ।

तिहारको भाइटीकाको दिन बाहेक अरु दिन अरु सबै दिन भन्सार जाँचपास गर्न आवश्यक पर्ने बैंकिङ सेवा सुचारु गर्ने व्यवस्था गर्नु गराउन क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ