२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

विश्वकप लिग–२ मा नेपाल र अमेरिका खेल्दै

आइतवार , कार्तिक ९, २०८२

काठमाडाैं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

शृंखलामा नेपाल र अमेरिकासँगै घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सहभागी छन् । नेपाल शृंखलाका खेलहरू जित्दै अंकतालिका सुधार गर्ने योजनामा छ ।

अमेरिका पनि नेपाल र युएईलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लने दाउमा छ । लिग–२ को तालिकामा अमेरिका २० खेलबाट २८ अंकसहित दोस्रो स्थानमा छ । २४ खेलमा ३० अंक जोडेको स्कटल्यान्ड शीर्ष स्थानमा छ । आठ राष्ट्र सहभागी लिगमा नेपाल १६ खेलबाट १२ अंकसहित सातौँ स्थानमा छ । यता, युएईले १६ खेलबाट ६ अंक जोडेर पुछारमा छ ।

अब, लिग–२ को शृंखलामा नेपालले दोस्रो खेल युएईविरुद्ध १३ कात्तिकमा खेल्नेछ । तेस्रो खेल १५ कात्तिकमा अमेरिकाविरुद्ध हुँदा शृंखलाको अन्तिम खेल १९ कात्तिकमा युएईविरुद्ध हुने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट