२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

हाइ-पर्फर्मेंन्स ट्रेनिङका लागि विराटनगर किंग्सका टोली मुम्बई प्रस्थान

बुधवार , कार्तिक १२, २०८२

काठमाडौं । विराटनगर किंग्सले आफ्नो १५ सदस्यीय टिमलाई दुई हप्ताको हाइ-पर्फर्मेन्स ट्रेनिङका लागि भारतको मुम्बईमा अवस्थित अन्तरराष्ट्रिय स्तरको सुविधा भएको Omtex ICWC Cricket Institute मा पठाएको छ।

मंगलबार प्रस्थान गरेको टिमका लागि यो प्रशिक्षण आगामी नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को तयारीमा महत्वपूर्ण कदम मानिएको छ।

प्रशिक्षण अवधिभर खेलाडीहरूले अभ्यास, फ्रेन्ड्ली खेलहरू तथा व्यवसायिक कोचहरूको निर्देशन प्राप्त गर्नेछन्, जसले उनीहरूको खेल कौशल र टिमवर्क सुधार गर्ने अपेक्षा गरिएको छ।

खेलाडीहरूलाई श्रीलंकन तथा अन्तर्राष्ट्रिय अनुभवप्राप्त कोचहरूले तालिम र कन्सल्टेसन प्रदान गर्नेछन्।

टोलीले फ्लड-लाइटको उज्यालोमा पनि अभ्यास गर्नेछ, जसले रातिको खेलमा खेल्ने अनुभव पनि बढाउनेछ। यसले विभिन्न खेल परिस्थितिमा खेलाडीहरूलाई सहज हुन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।

विराटनगर किंग्सले यस पहललाई खेलाडी विकासका लागि ठूलो लगानीको रुपमा हेरेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट