२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

दिपेन्द्रको अर्धशतकसँगै नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य

शनिवार , कार्तिक १५, २०८२

काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा नेपालले अमेरिकालाई जितका लागि २७२ रनको लक्ष्य प्रतुत गरेको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो तेस्रो खेलमा शनिबार नेपालले अमेरिकाविरुद्ध प्रतिस्पर्धात्मक योगफल बनाएको हो । दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै २७१ बनाएको हो ।

जसमा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७५ रन बनाए । करण केसीले ३१ बलमा ४९ रन बनाए ।

त्यस्तै, कुशल भुर्तेलले ४७ रन, भीम सार्कीले ४३ रन र कप्तान रोहित पौडेलले ३६ रन बनाए ।

अमेरिकाका लागि हर्मीत सिंहले ३ विकेट लिए भने सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले २–२ विकेट लिए

जसदिप सिंह र शुभम रन्जानेले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट