२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

काभा यु–१९ च्याम्पियनसिप खेल्न जाने टोलीलाई विदाई

शनिवार , कार्तिक १५, २०८२

काठमाडौं । काभा यु–१९ च्याम्पियनसिपका लागि श्रीलंका जाने नेपाली राष्ट्रिय महिला यु–१९ भलिबल टोलीलाई विदाई गरिएको छ ।

शनिबार नेपाल भलिवल संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमकाबीच खेलकुद मन्त्री बब्लु गुप्ता र संघका पदाधिकारीले राष्ट्रिय महिला यु–१९ भलिबल टोलीलाई विदाई गरेका हुन् ।

विदाई कार्यक्रममा मन्त्री गुप्ताले राष्ट्रिय खेलकुद भलिवलको राष्ट्रिय कोर्ट नरहेकाले भलिवल कोर्ट बनाउन जग्गा खोज्ने कामका लागि छलफल भइरहेको जानकारी दिए ।

त्यस्तै उनले बिभिन्न खेलमा अन्तराष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीलाई राज्यले दिन नगद पुरस्कारमा लाग्ने २५ प्रतिशत कर हटाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको बताए ।

खेलकुद बिकास कोषमा कम्पनीहरुले आफ्नो सिएसआरबाट १ प्रतिशत अनिवार्य योगदान गर्नुपर्ने प्रस्ताव समेत अर्थ मन्त्रालयले आगामी मन्त्रिपरिषद्मा लैजाने उनले उल्लेख गरे ।

त्यस्तै उनले सवै खेलका खेलाडीहरुलाई परिचय पत्र बितरण गर्ने तयारी समेत आफुले गरेको बताए ।

नेपाली राष्ट्रिय महिला यु–१९ भलिबल टोलीले जेनिशा विश्वकर्माको कप्तानीमा कार्तिक १८ देखि २३ सम्म श्रीलंकाको कोलम्बोमा काभा यु–१९ च्याम्पियनसिप खेल्ने छ । नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने भलिवल संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट