२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

लुम्बिनी लायन्सको एन्थम सार्वजनिक

आइतवार , कार्तिक १६, २०८२

भैरहवा । लुम्बिनी लायन्सले एनपिएलको संघारमा आफ्नो अफिसियल एन्थम् (गीत) 'स्याबास!' सार्वजनिक गरेको छ।

बुद्द दर्शन र खेललाइ एउटै बिम्बमा उनिएको यो कवितात्मक एन्थममा नवराज पराजुलीको शब्द र स्वर रहेको छ।

यो एन्थम मुख्यत दर्शकको भावबाट लेखिएको कुरा सर्जक नवराज पराजुली बताउँछन्। मैदानमा हुने ११ जना खेलाडीजस्तै मैदानबाहिरका दर्शक पनि खेलमा होमिएका हुन्छन्। ती दर्शकलाइ बाह्रौँ खेलाडीको रुपमा एन्थममा समेटिएको छ:

हामी लुम्बिनीको बाह्रौँ खेलाडी बन्छौँ

आँफै आफ्नो काँधमा धाप मारेर भन्छौँ

स्याबास् !

सर्जक भन्छन्, “जब लुम्बिनी लायन्सको खेल भइरहेको हुन्छ, त्यसबेला दर्शकहरुले आफ्नो टिमलाइ जे भन्न मन लाग्छ, एन्थममा ती पंतिहरु समेटिएका छन्।”

बुद्द दर्शनमा भएको ध्यान र स्वासको महानतालाइ खेलको भाषामा एन्थममा प्रस्तुत गरिएको छ:

खेल जित्दा आयो सास, खेल खेल्दा गयो सास

आयो सास गयो सास, सासलाइ हेरिरह्यो सास

आउने जाने सासलाइ बनाएर साहस

लुम्बिनीले यस्तो खेल्यो सासले भन्यो, “क्या बात् ! स्याबास !”

एन्थमको संगीत संयोजन उज्वल सागरले गरेका हुन्। लिरिकल भिडियोको निर्माण बिबेक निशानीले गरेका हुन्।

एनपिएल को ट्रफी टूरको क्रममा लुम्बिनीमा भएको विशेष कार्यक्रममा सो एन्थम सार्वजनिक गरिएको थियो।

लुम्बिनी लायन्सको नयाँ एन्थम सुन्नका लागि लिंकमा क्लिक गर्नुहोस् : 

https://youtu.be/ZsTniyGi0pU

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट