२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

भारतीय महिला टोली पहिलोपटक एकदिवसीय विश्वकप च्याम्पियन

सोमवार , कार्तिक १७, २०८२

मुम्बई । भारतीय महिला क्रिकेट टोलीले पहिलो पटक एकदिवसीय विश्वकपको उपाधि जितेको छ। नवी मुम्बईस्थित डीवाई पाटिल रंगशालामा आइतबार सम्पन्न फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै ऐतिहासिक जित हात पारेको हो।

पहिले ब्याटिङ गर्दै भारतले ५० ओभरमा सात विकेट गुमाउँदै २९८ रनको चुनौतीपूर्ण योगफल बनाएको थियो। भारतका लागि शफाली वर्माले ८७ रन र दीप्ती शर्माले ५८ रनको योगदान दिइन्।

२९९ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकी टोली ४५.३ ओभरमा २४६ रनमै अलआउट भयो। कप्तान लौराले सर्वाधिक १०१ रन बनाइन्।

भारतका बलर दीप्ती शर्माले ९.३ ओभरमा ३९ रन दिँदै पाँच विकेट लिँदै जितमा महत्वपूर्ण भूमिका खेलेकी थिइन्। शफाली वर्माले दुई विकेट लिइन्।

यसअघि भारतले सन् २००५ र २०१७ को एकदिवसीय विश्वकप र २०२० को टी–२० विश्वकपमा उपविजेता बनेको थियो। यो पहिलो पटक हो भारतीय महिला टोली विश्वकप विजेता बन्न सफल भएको हो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट