२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा भाग लिन कतार प्रस्थान गर्दै

सोमवार , कार्तिक १७, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा प्रस्थान गर्दैछन्। दोहामा कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन उनी कतार जान लागेका हुन्।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल सम्मेलनमा सहभागी हुने परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए।

राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्मेलनका क्रममा उनले कतारका अमिर शेख तमिम बिन हमद अल थानी, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस लगायत उच्च स्तरीय व्यक्तित्वहरूसँग भेटवार्ता गर्नेछन्।

संयुक्त राष्ट्रसङ्घ महासभाको निर्णयअनुसार आयोजना हुन लागेको यो सम्मेलन ३० वर्षपछि दोहामा हुँदैछ। सन् १९९५ मा पहिलो सम्मेलन डेनमार्कको कोपनहेगनमा भएको थियो। यसपटक सम्मेलनमा विश्वभरका मुलुकहरूले विकास असमानता, जनसङ्ख्या असन्तुलन र प्रविधिका प्रभावबारे छलफल गर्नेछन्।

नेपाल हाल संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष रहेको र शान्ति तथा स्थायित्वका लागि सक्रिय भूमिका खेल्दै आएको उल्लेख गर्दै मन्त्रालयले राष्ट्रपति पौडेलको सहभागिता अर्थपूर्ण हुने बताएको छ।

राष्ट्रपति पौडेल कतार भ्रमण सकेर कात्तिक २० गते स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट