२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सन नेपाल लाइफ इन्स्योरेन्सलाई ‘बीबीबी+’ रेटिङ प्राप्त

सोमवार , कार्तिक १७, २०८२

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय सुदृढता र दायित्व पूरा गर्ने क्षमतामा उल्लेखनीय सुधार गर्दै केयर रेटिङ्स नेपाल लिमिटेडबाट ‘BBB+’ रेटिङ प्राप्त गरेको छ।

यो रेटिङले कम्पनीको विश्वसनीयता, सुदृढ वित्तीय प्रदर्शन, अनुभवी व्यवस्थापन टिम , सशक्त प्रशासनिक प्रणाली र उच्च गुणस्तरको लगानी पोर्टफोलियोलाई झल्काउँछ।

‘BBB+’ श्रेणीमा पर्ने कम्पनीहरूलाई आफ्ना दायित्वहरू समयमा पूरा गर्न सक्षम र अपेक्षाकृत स्थिर वित्तीय स्थिति भएको मानिन्छ।

कम्पनीले ग्राहक वर्ग, अभिकर्ता र शेयरधनीहरूको निरन्तर विश्वासका लागि आभार प्रकट गर्दै अझ सुदृढ र जिम्मेवार बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरेकाे छ।

हाल कम्पनीको देश भरिमा १४८ शाखा तथा उप शाखा बाट सेवा संचालनमा रहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ