२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जेनजी प्रदर्शनमा कारागारबाट निस्केकोबारे बयानका लागि रविलाई सिंहदरबार पुर्याइयो

बुधवार , कार्तिक १९, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सिंहदरबार लगिएको छ ।

जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगमा उनलाई उपस्थित गराइएको हो ।

जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे सोधपुछ गर्न गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बुधबार नख्खु कारागारबाट सिंहदरबार बोलाएको हो । रवि बाहिर निस्किँदा कारागार प्रशासनले दिएको भनिएको पत्रको आधिकारिकतामा समेत प्रश्न उठेको थियो ।

भदौ २४ मा लामिछाने कारागारबाट निस्केका थिए । यसअघि आयोगले नख्खु कारागारका जेलरसँग पनि बयान लिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ