२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपालले दियो यूएईलाई जितका लागि २४० रनको लक्ष्य

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले यूएईलाई जितका लागि २४० रनको लक्ष्य दिएको छ । नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रन बनाएको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालका लागि आसिफ शेख ३४ रन र दीपेन्द्रसिंह ऐरीले ३७ रन बनाए । त्यस्तै, लागि भीम सार्कीले सर्वाधिक ४८ रन जोडे । कुशल मल्लले महत्वपूर्ण योगदान दिए । उनले ४५ रन बनाए । आरिफ शेखले ३० रन बनाए ।

दशौं नम्बरमा आएका सन्दीप लामिछानेले आक्रमक ब्याटिङ गर्दै १० बलमा १५ रन बनाए । अन्तिम बलमा ललित नारायण राजवंशीले चौका हाने ।

युएईका जुनैद सिद्दिकी र ध्रुव परासरले दुई–दुई विकेट लिए । जाहिद अलीले १ विकेट लिए । नेपालले जारी शृंखलामा यसअघि लगातार तीन हार बेहोरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट