२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

लिग–२ मा नेपालको लगातार चौथो हार

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा नेपालले लगातार चौथो हार व्यहोरेको छ । आज (बुधबार) भएको सिरिजको अन्तिम खेलमा नेपाल यूएईसँग ४ विकेटले पराजित भएको हो ।

नेपालले दिएको २४० रनको लक्ष्य पछ्याएको यूएईले ४९.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो ।

यससँगै, लिग–२ क्रिकेटअन्तर्गत युएई सिरिजमा नेपाल जितविहीन बनेको छ ।

युएईका लागि मोहम्मद शाहदादले सर्वाधिक ९६ रन बनाए ।

बलिङमा नेपालका करण केसीले ३ विकेट लिए । त्यस्तै, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशीले एक–एक विकेट लिए ।

आइसीसी एकेडेमी ग्राउण्डमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन बनाएको थियो ।

नेपालका भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । त्यस्तै, कुशल मल्ल ४५, आसिफ शेख ३४, आरिफ शेख ३०, दीपेन्द्रसिंह ऐरी ३७ रनमा आउट भए ।

साथै, सन्दीप लामिछाने १५ रन र ललित राजवंशी ४ रनमा अविजित रहे ।

बलिङमा युएईलाई धु्रव पराशर, मोहम्मद जवाद उल्लाह र जुनैद सिद्दिकीले दुई–दुई विकेट लिए । जाहिद अलीले १ विकेट लिए ।

पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा यूएईसँग ५ विकेटले पराजित भएको थियो । त्यस्तै, तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित भएको थियो ।

अंक तालिकामा युएई आठौं स्थानमा छ भने नेपाल सातौं स्थानमा छ । आजको जितसँगै युएईले २० खेलबाट १० अंक जोडेको छ । नेपालको १२ अंक छ ।

सिरिजमा चारै जितेको अमेरिका २४ खेलबाट ३६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट